logo-img

समाजवादी मोर्चा प्रौढहरुको क्लब हो, धेरै टिक्दैन : योगेश भट्टराई

नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले समाजवादी मोर्चा वृद्धहरुको क्लब भएको बताएका छन् । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले समाजवादी मोर्चा प्रौढहरुको क्लब भएको बताएका हुन् । 

समाजवादको धारणामा एकरुपता हुन नसकेकाहरुको मोर्चा धेरै समय नटिक्ने उनले दाबी गरे । मोर्चामा संविधानप्रति समान दृष्टिकोण नरहेकाहरु रहेकाले मोर्चाले उपलब्धि दिन नसक्ने उनको दाबी छ । मोर्चामा संविधान च्यात्नेसम्म रहेको उल्लेख गर्दै उनले समाजवादी मोर्चा बनाएका दलहरु अस्तित्वको संकटमा रहेको बताए । 

सांसद भट्टराईले संसदमा पेस गर्ने डकुमेण्ट परिष्कृत हुनुपर्नेमा अहिले विभिन्न त्रुटिहरु भइरहेको बताए । मन्त्रीको नियतका कारण भइरहेका गल्तीलाई स्वीकारेर अघि बढ्न नसकिने बताउँदै उनले छलफलमा मन्त्रीहरु नआउनुले सरकार सदनप्रति जवाफदेही बन्न नसकेको बताए । 

सांसद भट्टराईले बजेटप्रति सत्ता पक्षकै सांसदहरु असन्तुष्ट रहेको भन्दै बजेट फेल भए सरकार स्वतः ढल्ने जिकिर गरे । 
 





  • प्रकाशित मिति : असार ५, २०८० मंगलबार १९:१९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया