logo-img

धुर्मुस-सुन्तली फाउण्डेसनले तिर्नुपर्ने कर छुट दिने सरकारकाे निर्णय

धुर्मुस-सुन्तली फाउण्डेसनले तिर्नुपर्ने करमा छुट पाएकाे छ । मंगलबारकाे मन्त्रिपरिषद् बैठकको यस्ताे निर्णय गरेकाे हाे । 

निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचनाप्रविधिमन्त्री रेखा शर्माले अर्थ मन्त्रालयको प्रस्तावमा धुर्मुस–सुन्तली फाउण्डेसनले गिरानचौर एकीकृत नमुनावस्ती पुर्ननिर्माण तथा पर्यटन प्रवद्र्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरणपछि चुक्ता गर्न बाँकी कर छुट दिने निर्णय गरेको जानकारी दिइन् । 

बैठकले नेपाल चीन सीमानाको सीमा चिह्न स्तम्भ संयुक्त रुपमा पुनःस्थापना गर्ने बारेमा नेपालीको टोली गठनको निर्णय पनि गरेकाे छ । 

नेपाल–चीन सीमानाको तातोपानी झ्ङवोस्थित सीमा चिह्न स्तम्भ ५३१ लाई संयुक्त रुपमा पुनःस्थापनाको लागि नेपाली टोली गठन गर्ने निर्णय भएको उनकाे भनाइ छ ।





  • प्रकाशित मिति : असार ५, २०८० मंगलबार १९:३७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया