कृषि क्रान्तिको कार्यभार अधुरै छ : देव गुरुङ

नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले नेपालमा कृषि क्रान्तिको कार्यभार अधुरो रहेको बताउँदै समाजवादी क्रान्तिले मात्रै पूरा गर्ने बताएका छन् ।

संवाद डबलीमा बुधबार अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) ले ४६ औँ जुगेडी किसान सङ्घर्ष दिवस तथा ३२ औँ किसान सङ्घर्ष दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा गुरुङले अहिलेको कृषि क्रान्तिकारीको कार्यभार वित्तीय एकाधिकार पुँजीवादविरुद्धको सङ्घर्ष भएको बताए ।

‘कृषि क्रान्तिको कार्यभार अझै अधुरो नै छ । कृषि क्रान्तिको कार्यभार अन्ततः समाजवादी क्रान्तिले मात्रै पूरा गर्न सक्छ, अहिलेको कृषि क्रान्तिको कार्यभार भनेको वित्तीय दलाल पुँजीवादविरुद्धको सङ्घर्ष प्रमुख रहेको छ,’ गुरुङले भने । 

देशलाई स्वाधीन अर्थतन्त्र निर्माणको लागि कृषि क्रान्तिको विकल्प नभएको उनको भनाइ छ । नेता गुरुङले कृषिमा आधुनिकीकरण, औजारीकरणसँगै नयाँ ढङ्गको उत्पादन प्रणालीको विकल्प नभएको बताए ।

उनले भूमि सुधारको कार्यक्रमलाई सुधार गर्दै भू–उपयोगको नीतिलाई अवलम्बन गरेर मौलिकरूपमा कृषि क्रान्ति पूरा गर्नुपर्ने आवश्यकता औंल्याए । 





  • प्रकाशित मिति : असार ७, २०८० बिहीबार ७:२१:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया