logo-img

रुकुम पश्चिममा जिप दुर्घटना, आठजना घाइते

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा आठजना घाइते भएका छन् । जिल्लाको मुसिकोट नगरपालिकाको माछ्मीबाट डिग्रे मन्दिरतर्फ जाँदै गरेको भे १ च २७९६ को जिप बिहीबार बिहान साढे ६ बजे बागबजारमा दुर्घटना भएको हो। 

दुर्घटनामा घाइते भएका आठजनामध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते हुनेमा मुसिकोट नगरपालिका–५ की ८ वर्षीया बालिका बर्षा केसी रहेकी छन् ।

उनको बायाँ खुट्टामा गम्भीर चोट लागेको छ । अन्य सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार घाइतेमध्ये ६ जना मुसिकोट नगरपालिकाका र दुई जना दाङका रहेका हुन् ।   





  • प्रकाशित मिति : असार ७, २०८० बिहीबार १०:४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया