logo-img

साफ च्याम्पियनसिप : नेपालविरुद्ध भारतकाे २ गोल

साफ च्याम्पियनसिपमा भारतले नेपालविरुद्ध २ गोल गरेको छ । बेंगलुरुमा भइरहेको खेलको पहिलो हाफमा गोलरहित बराबरी  भएको थियो । 

भारतका लागि सुनिल क्षेत्रीले खेलको ६१औं मिनेटमा गोल गरे । त्यस्तै, ७० औं मिनेटमा पनि भारतले गोल गरेको छ । 

सुनिल क्षेत्रीको प्रहार गोलकिपर किरण चेम्जोङले रोकेका थिए । तर, पोस्टको बारमा लागेर बाउन्स भएको बलमा नओरिम महेश सिंहले गोल गरे ।

यो खेलमा पराजित भएसँगै नेपाल साफ च्याम्पियनसिपमा पहिलो चरणबाटै बाहिरिएकाे छ ।





  • प्रकाशित मिति : असार ९, २०८० शनिबार २१:३६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया