सरकारले चितवनमा निर्माणाधीन क्रिकेट रंगशालाको स्वामित्व ग्रहण गर्छ : खेलकुद मन्त्री

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले सरकारले चितवनमा निर्माणाधीन क्रिकेट रङ्गशालाको स्वामित्व ग्रहण गर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री लिम्बूले सरकारले चितवनमा धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण सुरु गरेको क्रिकेट रङ्गशालाको स्वामित्व ग्रहण गर्ने बताएका हुन् ।

उनले स्वामित्व ग्रहणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको बताए । उनले सरकारले स्वामित्व ग्रहण गरेपछि यसको निर्माणका लागि बजेट व्यवस्थापन गर्ने पनि बताए ।

उनले भने, ‘धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण प्रक्रिया अगाडि बढाएको यो रङ्गशालाको निर्माण कार्य अधुरो छ । अत्यन्त जटिल समस्या ग्रस्त छ । यो विषयमा सरकारले सम्बोधन गर्ने र यसको स्वामित्व ग्रहण गरेर बाँकी काम सम्पन्न गर्ने गरी प्रक्रिया अगाडि बढिरहेको छ । यसको निमित्त शीर्षक हामीले एक लाख मात्रै विनियोजन गरेका छौँ । सरकारले यो स्वामित्व ग्रहण गर्ने त्यसपछि थप बजेट व्यवस्थापन गरेर यो रङ्गशालालाई सम्पन्न गर्ने गरी प्रक्रिया अगाडि बढी रहेको कुरा म अनुरोध गर्न चाहन्छु ।’

उनले विद्यालयमा बालबालिकाको लागि खेलकुद प्रतियोगिता आयोजना गर्न सबै स्थानीय तहमा बजेट विनियोजन गरिएको बताए । त्यस्तै खेलकुद गतिविधि सञ्चालन गर्नका लागि १०० वटा खेलकुद सङ्घहरूलाई २ लाख ५० हजारको दरले अनुदान दिने गरी बजेट व्यवस्थापन गरिएको बताए । मन्त्री लिम्बूले खेलकुद बीमाको नीति तयार गर्न प्रक्रिया अगाडि बढेको पनि उल्लेख गरे ।





  • प्रकाशित मिति : असार १०, २०८० आइतबार १६:६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया