logo-img

जसपा नभएको भए नागरिकता समस्या कहिल्यै हल हुने थिएनः अध्यक्ष यादव

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी नभएको भए नागरिकता समस्या नेपालमा कहिले पनि समाधान नहुने दाबी गरेका छन् । आइतबार पार्टीको विधान अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो दाबी गरेका हुन् । 

आफ्नो पार्टी नभएको भए देशमा संघीयता पनि नआउने उनको दाबी छ । वर्तमान सरकारले आफ्नो समयसम्म काम गर्न पाउनुपर्ने पक्षमा आफूहरु रहेको बताउँदै उनले वर्तमान सत्तारुढ गठबन्धन कायम राख्नुपर्नेमा जोड दिए । 

अध्यक्ष यादवले देशको शासकीय स्वरुप परिवर्तन गर्न संविधान संशोधन गर्नुपर्ने बताए । निर्वाचन प्रणाली पनि खर्चिलो भएको भन्दै उनले यसको पनि परिवर्तन गर्नुपर्ने बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र समानुपातिक संसदको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए । पहिचानमा आधारित संघीयता हुनुपर्ने पनि उनले बताए । 





  • प्रकाशित मिति : असार १०, २०८० आइतबार १९:२८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया