logo-img

ठाकुर गैरेको माग : संशोधन गरेर मात्र बजेट पारित गर्नुपर्छ

प्रतिनिधि सभा सदस्य ठाकुरप्रसाद गैरेले संशोधन गरेर मात्र बजेट पारित गर्नुपर्ने बताएका छन् । सोमबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले बजेट असन्तुलित र अव्यवहारिक रहेको बताए ।  

सांसद गैरेले बजेट जनपक्षीयसमेत नभएको भन्दै बजेटलाई जनपक्षीय, व्यवहारिक र सन्तुलित बनाएर पारित गर्नुपर्ने बताए ।  

‘कम्तीमा यसपटकको सदनबाट दलहरू कमजोरी स्वीकार्न तयार छन् । सरकार कमजोरी स्वीकार गर्न तयार छ भन्ने कुरालाई आत्मसात गर्दै यो बजेटलाई संशोधन गरेर जनपक्षीय, व्यवहारिक र सन्तुलित बनाएर पास गर्न यो सदन एकताबद्ध भएर प्रस्तुत हुन जरुरी छ । जसले देशलाई सकारात्मक सन्देश दिन्छ,’ उनले भने ।





  • प्रकाशित मिति : असार ११, २०८० साेमबार १३:४१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया