logo-img

आजको मौसम : कोशी र बागमतीमा भारी वर्षा, तराईमा हावाहुरीको सम्भावना

मंगलबार पनि देशका केही स्थानमा भारी वर्षा र तराईमा हावाहुरीका हावाहुरीको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र बागमती प्रदेशको एक/दुई स्थानमा भारी वर्षा तथा कोशी र मधेशको धेरै स्थानमा हावाहुरीको सम्भावना रहेको हो ।  

यस्तै, बागमती र गण्डकी प्रदेशको तराईका थोरै स्थानमा पनि हावाहुरीको सम्भावना छ । यस्तै, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघ/गर्जनचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् जनाएको छ । 



मंगलबार राति पनि देशभर आंशिकदेखि सामान्य बदली नै रहनेछ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ/गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

राति कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

मधेश प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका तराईका थोरै स्थानमा राति हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ ।  
 





  • प्रकाशित मिति : असार १२, २०८० मंगलबार ७:१२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया