logo-img

भ्रष्टचारको फाइल खोल्ने कुरा तँ रोएजस्तो गर्, म चिमाेटेजस्तो गर्छु जस्तै : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले सरकारले भ्रष्टाचारका फाइल खोलेको छ भन्ने कुरा जनताले नपत्याउने बताएका छन् । मंगलबार संसद भवनपरिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

सरकारले भ्रष्टाचारका फाइल खोल्नु भनेको तँ रोएजस्तो गर्, म चिमाटेजस्तो गर्छु जस्तो भएको उनको टिप्पणी छ । नेपाली जनताले भ्रष्टाचारीलाई जोगाउनुहुँदैन भनिरहेको भए पनि भ्रष्टाचारी समातिने कुरा आफूलाई विश्वास नलागेको उनले बताए । 

एउटा फाइल निकालेर तर्साउने काम यसअघिका सरकारले पनि गरेको भन्दै उनले नेपाली जनतालाई यसमा विश्वास नरहेको बताए । अध्यक्ष केसीले नेपालमा ठूला–ठूला भ्रष्टाचार राज्यपक्षबाटै भइरहेको दाबी गरे । 





  • प्रकाशित मिति : असार १२, २०८० मंगलबार १९:२२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया