logo-img

बाढी पहिरोले पूर्वी पहाडी जिल्लामा खाद्यान्नको अभाव भयो, तत्काल व्यवस्था गरियोस् : योगेश भट्टराई

नेकपा (एमाले)का सचिव एवं सांसद योगेशकुमार भट्टराईले बाढी र पहिरोका कारण ठूलो धनजनको क्षति भएको ताप्लेजुङलगायतका पूर्वी पहाडी जिल्लामा खाद्यान्न, औषधिलगायतका अति आवश्यकी बस्तुहरूको तत्काल आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले ती जिल्लाहरूमा मानवीय संकट उत्पन्न हुँदा पनि सरकारले पीडितहरूका लागि अति आवश्यकी बस्तुहरूको व्यवस्थापन गर्न नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । उनले ताप्लेजुङ जिल्ला राजमार्गहरूबाट सम्पूर्ण रूपमा सम्पर्क विच्छेदको अवस्थामा रहेको उल्लेख गर्दै पहिरोले बगाएका पुलहरूको तत्काल निर्माण हुने गरी आवश्यक प्राविधिक जनशक्तिको व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण  गराए । 

उनले पुनर्निर्माण र पुनर्वासका लागि पनि सरकारले खासै काम गर्न नसकेको भन्दै आक्रोश समेत व्यक्त गरे । सचिव भट्टराईले भने, ‘मेची राजमार्ग चलेको छैन । ताप्लेजुङको सम्पर्क सम्पूर्ण रूपले विच्छेद भएको छ । त्यस कारण ताप्लेजुङमा एक प्रकारले भन्ने हो भने मानवीय संकट उत्पन्न भएको छ । खाद्य संकट, मानवीय संकट उत्पन्न भएर ठूलो मानवीय संकट त्यहाँ उत्पन्न भइरहेको छ । पुलहरू बगाएको छ । सडकहरू बगाएको छ । तर जति तदारुकताका साथ त्यसको मर्मत, सम्भार हुनुपर्ने थियो । त्यो हुन सकिरहेको छैन ।’

उनले पहिरोले भत्काएका पुलहरूको निर्माणका लागि आवश्यक जनशक्तिको पनि तत्काल व्यवस्था गर्न सरकारलाई सचेत गराए ।  





  • प्रकाशित मिति : असार १३, २०८० बुधबार ११:४३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया