रामहरि खतिवडाको माग : ललिता निवास प्रकरणमा भुरा समातेर ठूला माछा छाड्ने काम नहोस्
फाइल तस्बिर

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ललिता निवास प्रकरणमा कसैलाई पनि उन्मुक्ति नदिन माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस प्रकरणमा ‘साना भुरालाई जालमा ठूलालाई छोड्ने काम नगरियोस्’ भन्दै सरकारको ध्यानाकर्षण गराए । 

‘ललिता निवास प्रकरणमा साना माछाहरू ढोक्सामा पर्न लागेको सुनियो । ठूला ४ आना, ८ आना, ३२ आनाका माछाहरूपनि ढोक्सामा पर्ने व्यवस्था सरकारले गरोस् । भुरालाई जालमा हाल्ने ठूलालाई  छोड्ने काम नगरोस्,’ सांसद खतिवडाले भने । 

उनले पशुपतिनाथको जलहरी प्रकरणमा पनि दुइटा मुचुल्का तयार भएको भन्दै यसको सत्यतथ्य जानकारी गराउन माग पनि गरे ।  

खतिवडाले जलहरी प्रकरणमा संलग्न १३ जनाको नाम प्राप्त भएपनि केही मन्त्रीका पिएसो र ड्राइभर छुटेको बताउँदै उनीहरूको पनि नाम समावेश गर्नुपर्ने भन्दै व्यग्यं गरे ।   

‘सञ्चारमन्त्रीले हो कि पर्यटन मन्त्रीले हो, कसैको पनि नाम नछुटोस् । कति परे  कति परेनन् । स्वर्ण अक्षरले नाम लेख्ने परम्पराको विकास होस्,’ उनले भने । 
 





  • प्रकाशित मिति : असार १३, २०८० बुधबार १२:२३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया