logo-img

सरकारले ल्याएको बजेटको स्रोत नै विश्वसनीय छैन : ठाकुर गैरे
फाइल तस्बिर

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा स्रोतहरुनै विश्वसनीय नभएको बताएका छन् । बुधबार प्रतिनिधि सभाको दोस्रो बैठकमा आर्थिक विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । 

सांसद गैरेले खर्चको अनुमान र स्रोतहरू नै तथ्य परक नभएकाले सो बजेटले लिएका कुनै पनि लक्ष्य पूरा हुन नसक्ने जिकिर गरे । बजेटले महँगी बढ्ने, कालोबजारी बढ्ने उनको भनाई छ ।

सांसद गैरेले भने, ‘यो सरकारले गरेका खर्चका अनुमानहरुनै तथ्यपरक छैनन् । प्राप्त गर्ने स्रोतहरू पनि विश्वसनीय छैनन् । अर्कोतर्फ यो गरिएको अनुमान नै गलत छ भनेपछि त्यसले दिने निष्कर्ष पनि स्वभाविक रुपले गलत हुनेछ भन्ने मलाइ लाग्छ । त्यसकारणले यसबाट कुनै उपलब्धि हासिल गर्न सक्ने देखिँदैन । र, यसले जुन अनुमानित ६ प्रतिशत लक्ष्य लिएको छ । त्यो प्राप्त हुने देखिदैन भन्ने कुरा म राख्न चाहन्छु । ’

सांसद गैरेले बजेटले आगामी आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धिदर गर्ने सरकारको लक्ष्य प्राप्त नहुने बताए ।  





  • प्रकाशित मिति : असार १३, २०८० बुधबार १७:२९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया