logo-img

चाडपर्वको माध्यमबाट राष्ट्रिय एकता थप सुदृढ हुनेछ : पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बकर इदजस्ता चाडपर्वका माध्यमबाट नेपालीमा आपसी एकता, सद्भाव र सहिष्णुताको भावना अभिवृद्धि भई बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन् । 

इद उल अजहा (बकर इद), २०८० का अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराष्ट्रपति भण्डारीले नेपाली समाजको विशिष्टता सामाजिक एवं सांस्कृतिक विविधता भएकाले मानव जातिका मुख्य महाजातिहरू–आर्य, मङ्गोल, आष्ट्रिक र द्रविडअन्तर्गतका अनेकौं जातजाति, जनजाति र भाषाभाषी साथै धार्मिक, सांस्कृतिक एवं भौगोलिक वैविध्यका बीचमा आपसी सद्‌भाव, सहिष्णुता, सहअस्तित्व र भाइचारायुक्त सौहार्दता नेपाली समाजको मौलिक पहिचान बन्न पुगेको उल्लेख गरेकी छन् । 

बकर इदले सबै नेपालीलाई आफ्नो मौलिक परम्परा र संस्कृतिको संरक्षण, सम्वद्र्धन र विकास गर्दै प्रगतिशील, सभ्य एवं सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्दै उनले शुभकामना प्रकट गरेकी छन् ।   





  • प्रकाशित मिति : असार १४, २०८० बिहीबार १०:२७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया