logo-img

हेटौंडामा बस दुर्घटना, ४९ जना घाइते

मकवानपुरको हेटौंडामा यात्रुवाहक बस दुर्घटना हुँदा ४९ जना घाइते भएका छन् ।

आज दिउँसो करिब २ बजे चितवनबाट जनकपुर जाँदै गरेको ना. ६ ख ९८०४ नम्बरको बस हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  

दुर्घटनामा घाइतेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले उद्धार गरी हेटौंडा अस्पातल र चुरेहिल अस्पाताल पठाइएको छ ।  

घाइतेमध्ये २७ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ भने बाँकीको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

बस अनियन्त्रित भएर सडकबाट तल खसेको प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । 





  • प्रकाशित मिति : असार १५, २०८० शुक्रबार १६:९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया