श्री एयरलाइन्सको सबै उडान स्थगित, आज प्राविधिक परीक्षण गरिँदै
फाइल तस्बिर

श्री एयरलाइन्सले आज उडान नगर्ने भएको छ । शनिबार प्रेस विज्ञप्ति जारी गर्दै एयरलाइन्सले आइतबारका सबै उडान स्थगित गरेको जनाएको हो । 

एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरका अनुसार उडान स्थगित गरी आइतबार कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको छ ।

सोमबारदेखि भने सबै उडान नियमित हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

शनिबार ३ः३० बजे काठमाडौंबाट धनगढीका लागि उडेको विमानमा प्राविधिक समस्या आएर पुनः काठमाडौं नै फिर्ता ल्याई अवतरण गरिएको थियो । 

त्यसपछि एयरलाइन्सले आइतबार आफ्ना सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय गरेको हो ।  





  • प्रकाशित मिति : असार १७, २०८० आइतबार ७:४४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया