logo-img

ऋषि धमलालाई करिश्माको चेतावनी : कलाकार हुँ, कलाकारिताबारे मात्रै  प्रश्न गर्नुस्

नेपाली चलचित्रकी अभिनेत्री करिश्मा मानन्धरले पत्रकार ऋषि धमलासँग आफूलाई कलाकारिताबारे मात्रै प्रश्न गर्न आग्रह गरेकी छन् । 

प्राइम टेलिभिजनमा धमलाले सञ्चालन गर्ने गरेको कार्यक्रममा अतिथिका रूपमा पुगेकी करिश्माले धमलालाई यस्तो आग्रह गरेकी हुन् । 

करिश्माले यसबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् । सो कार्यक्रमको तस्बिर सेयर गर्दै उनले लेखेकी छन्,‘कलाकार हुँ ! चलचित्र ‘बगान’ गरेको छु ! कलाकारिताबारे मात्रै प्रश्न गर्नुस् ! 

पत्रकार धमलाले आफ्नो अन्तवार्तामा ल्याएका अतिथिहरूलाई विभिन्न अन्तरंगका प्रश्न सोध्ने गरेका छन् । कलाकार तथा राजनीतिज्ञहरूलाई ‘अत्यन्त व्यक्तिगत’ प्रश्न सोधेको आरोप उनीमाथि लाग्दै आएको छ । सोही कारण उनी विवादमा पर्ने गरेका छन् ।   





  • प्रकाशित मिति : असार १८, २०८० साेमबार २२:३६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया