logo-img

प्रदेशको बजेट ‘गोरखा बजेट’ होइन : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले ल्याएको बजेट गोरखा केन्द्रित नभएको स्पष्ट पारेका छन् । 

प्रदेशसभामा आगामी आव २०८०८१ को बजेटको मन्त्रालयगत छलफलका क्रममा सदस्यहरूले उठाएका प्रश्नहरूको आज जवाफ दिँदै उनले पहुँचका आधारमा नभई आवश्यकताका आधारमा बजेट विनियोजन गरिएको दाबी गरे । 

बाहिर ‘गोरखा बजेट’ भनेर टिप्पणी भइरहेको तर बजेटलाई लिएर आफ्नो गृहजिल्लाका नागरिकले गरेको गुनासो आफूलाई मात्र थाहा भएको उनले उल्लेख गरे । ‘उल्टो मुख्यमन्त्री हुँदा पनि जिल्लालाई केही गर्न नसकेको आरोप ममाथि छ, सामाजिक सञ्जाललगायतबाट टिप्पणी भइरहेको छ,’ मुख्यमन्त्री पाण्डेले भने ।

समग्र प्रदेशको समृद्धि, विकास, सुशासन र नागरिकको हकहितलाई केन्द्रमा राखेर बजेट ल्याइएको उनले बताए । स्रोतको सीमितताका कारण बजेटको आकार घटेकाले सबै आवश्यकताको सम्बोधन गर्ने गरी बजेट विनियोजन गर्न नसकिएको उनको स्वीकारोक्ति छ । 





  • प्रकाशित मिति : असार २०, २०८० बुधबार २१:११:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया