logo-img

जर्मनीमा​ आतंकवादी आक्रमणको योजना बनाएको आरोपमा सातजना पक्राउ

जर्मन प्रहरीले इस्लामिक स्टेट (आइएस) समूहबाट प्रेरित भई जर्मनीमा आतंकवादी हमलाको योजना बनाएको आरोपमा बिहीबार सातजनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका मध्य एसियाका ती पुरुष केही समयदेखि  एकआपसमा परिचित रहेका तथा उनीहरूले पारस्परिक सम्पर्कलाई  बढाउँदै कट्टरपन्थी इस्लामिक विचारधारा साझा गरेका संघीय अभियोजकको कार्यालय बताएको छ । 

सन् २०२२ को प्रारम्भमा युक्रेनमा युद्ध सुरु भएको केही समयपछि उनीहरू जर्मनी आएका हुन् । सातैजना अभियुक्त लगभग एकै समयमा जर्मनी आएका बताइएको छ । 

नेदरल्याण्ड्समा पक्राउ परेको अर्को संदिग्धसँग सातैजनाले सम्पर्क स्थापना गरेर आतंककारी आक्रमण गर्ने उद्देश्यका साथ एउटा सानो समूह गठन गरेका थिए । 

उनीहरूले जर्मनीको कुन स्थानमा आक्रमण गर्ने भन्ने निर्णय नगरे पनि घातक हतियार प्राप्तिको भरमग्दुर प्रयास गरेका  अभियोजनकर्ताले बताएका छन् । 





  • प्रकाशित मिति : असार २१, २०८० बिहीबार २२:५७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया