प्रधानमन्त्रीले पद त्याग गर्ने आँट गर्नु पर्छ : गोकुल बास्कोटा

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्रीले पद त्यागका लागि आँट गर्नुपर्ने बताएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमालेका सांसद गोकुल बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहालले सकेसम्म पद त्याग गर्न आँट गर्नुपर्ने बताएका हुन् । 

सत्ता स्वार्थका निम्ति देशको सार्वभौमिकता साट्न नसकिने भएकाले प्रधानमन्त्रीले पद त्याग गर्नुपर्ने उनको भनाई थियो । सांसद बास्कोटाले प्रधानमन्त्री दाहाल वातावरणले, व्यवहारले, अभ्यासहरूले, कुराहरूले, लघुताभासले, आत्मसमर्पणवादले देशको हितमा नरहेकाले आफूहरूले सिंगो संसद र देशबासीलाई विश्वासमा लिने गरी आफ्नो अभिव्यक्तिको स्पष्टीकरण दिनका लागि संसद सुचारू गराएको पनि बताए । 

उनले भने, ‘वातावरणले, व्यवहारले, अभ्यासहरूले , कुराहरूले, लघुताभासले, आत्मसमर्पणवादले, राष्ट्रिय आत्मसमर्पणवाद स्विकार्य छैन । त्यसकारण प्रधानमन्त्रीज्यूले संसदलाई स्पष्ट पार्नु पर्दछ । र, उहाँले सक्नु हुन्छ भने देशको लागि उभिने आँट गर्नुस् । पद छाडिदिनुस् । सत्ता स्वार्थको निम्ति देशको सार्वभौमिकता साटिँदैन । यही भन्न चाहन्छु सभामुख महोदय, हाम्रो भनाई यही हो । यत्तिकै अगाडि बढ्न सकिँदैन । त्यस कारणले उहाँले संसदलाई, प्रतिपक्षलाई मात्रै होइन, देशका जनताले प्रश्न उठाएका छन । स्पष्ट पारिदिनुस् । ’

सांसद बास्कोटाले सत्तापक्षले मिटरब्याँज सम्बन्धि विधेयक ल्याउने विषयमा पनि एमालेले अवरोध गर्यो भनेर झुट कुरा बोलेको आरोप समेत लगाए ।  





  • प्रकाशित मिति : असार २५, २०८० साेमबार १७:६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया