logo-img

सुदूरपश्चिम सभामा मन्त्री सिंहको निधनमा शोक प्रस्ताव पारित

सुदूरपश्चिम प्रदेश सभाले मन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरेको छ । आज सोमबार बसेको प्रदेश सभाको बैठकमा सवारी दुर्घटनामा निधन भएका प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको दिवङ्गत आत्मको चीर शान्तिको कामना गर्दै शोक प्रस्ताव पेस गरिएको हो।

सवारी दुर्घटनामा परी निधन भएका मन्त्री सिंहप्रति प्रदेश सभाको दोस्रो अधिवेशनको १५ औँ बैठकले शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो। सभामुख भीमबहादुर भण्डारीले शोक प्रस्ताव वाचन गरेका थिए । 

असार ५ गते डडेलधुराबाट गृह जिल्ला बझाङ जाने क्रममा सवारी दुर्घटनामा परी सिंहसहित तीन जनाको निधन भएको थियो । सोमबार अपराह्न ४ बजे बसेको बैठकले स्वर्गीय सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्दै २ मिनेट मौन धारण गरेको थियो। बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ। 

असार १ गते बजेट प्रस्तुत गरिएपछि आज २५ दिनपछि प्रदेश सभाको बैठक बसेको हो । बजेटमाथिको छलफल भने कार्यसूचीमा परेको छैन । प्रदेशसभा सचिवालयका अनुसार मंगलबारदेखि बजेटमाथिको छलफल हुनेछ । 





  • प्रकाशित मिति : असार २५, २०८० साेमबार १८:१५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया