logo-img

भारतले खोल्यो धौलीगंगा बाँधको ढोका, नदी किनाराका बासिन्दालाई सतर्कता अपनाउन प्रशासनको आग्रह
फाइल तस्बिर

भारतले धौलीगंगा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेको छ । मंगलबार बिहान ५ बजे बाँधका ढोका खोलेपछि महाकाली नदीमा पानीको सतह बढेको छ ।

दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले बाँधका ढोका राति ८ बजेसम्म खोलिने भएकाले महाकाली नदीमा बाढी आउने सम्भावना रहेको छ ।

बाढी आउने सम्भावनालाई मध्यनजर गर्दै महाकाली नदी किनारमा बसोबास गर्नेलाई सतर्कता अपनाउन र सुरक्षित ठाउँमा रहन तथा नदी छेउछाउ नजान प्रजिअ जोशीले आग्रह गरिन् ।  

यसअघि आइतबार भारतीय कम्पनी एनएचपीसी लिमिटेड र धौलीगंगा पावर स्टेसनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गर्दै सिल्ट सफाइ कार्यका लागि बाँधका ढोका खोल्न लागिएको जानकारी गराएको थियो । 





  • प्रकाशित मिति : असार २६, २०८० मंगलबार ९:४२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया