प्रधानमन्त्री पत्नी सीता दाहालको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनलाई पति पुष्पकमल दाहाल प्रचण्ड र छोरीहरू रेणु र गंगाले दागबत्ती दिए ।
प्रचण्डले ६ वर्षअघि पशुपति आर्यघाटमा छोरा प्रकाशलाई पनि दागबत्ती दिएका थिए । दाहसंस्कारअघि ब्रह्मनालमा राखिएकी सीतालाई प्रचण्डसहित उनका छोरी रेणु, गंगा, बुहारी सिर्जना त्रिपाठी र बिना मगरले श्रद्धाञ्जली दिएका थिए ।
त्यस्तै, नाती, नातिनीहरूले पनि सीतालाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।
यसअघि आजै बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सीतालाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो ।
सीतालाई नेपाली सेनाको टुकडीले राजकीय सम्मान दिएको थियो। उनको शवलाई नेपालको राष्ट्रिय झण्डा ओढाइएको थियो ।
सीताको आज बिहान ८ः३३ बजे निधन भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।