logo-img

फ्रान्स र यूएईको भ्रमणमा निस्कँदै मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसै साता फ्रान्स र संयुक्त अरब इमिरेट्स (यूएई) को औपचारिक भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री मोदीले यही असार २८ र २९ गते फ्रान्सको भ्रमण गर्ने विदेश मन्त्रालयले जनाएको छ । 

बास्टिल डे अर्थात् राष्ट्रिय दिवसका अवसरमा आगामी शुक्रबार राजधानी पेरिसमा आयोजना हुने विशेष समारोहका विशेष अतिथिका रुपमा उनी सहभागी हुनेछन् । फ्रान्समा रहँदा प्रधानमन्त्रीले राष्ट्रपति इमानुएल म्याक्रोसँग औपचारिक वार्ता गर्नेछन् ।

भारतीय विशिष्ट अतिथिको सम्मानमा राष्ट्रपति म्याक्रोँले विश्वको सबैभन्दा ठूलो लुभ्र सङ्ग्रहालयमा रात्रिभोजको आयोजना गर्नेछन् । यस वर्षको ‘नमस्ते फ्रान्स’ महोत्सवमा भाग लिने भारतीय कलाकारलाई भेट्नुअघि दुवै देशबीचको सांस्कृतिक सम्बन्धलाई उजागर गर्ने कार्यक्रममा प्रधानमन्त्री मोदी सहभागी हुनेछन् । परम्परागत बास्टिल डे सैन्य परेडमा पनि उनी सामेल हुनेछन् । भारतीय वायु सेनाको एउटा ठूलो टोली पनि परेडमा सहभागी हुनेछ ।

प्रधानमन्त्री मोदीले फ्रान्सका प्रधानमन्त्री, सिनेटका राष्ट्रपति र फ्रान्सको राष्ट्रिय सभाका सदस्यहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । उनले फ्रान्समा रहेका भारतीय डायस्पोरा, भारतीय र फ्रान्सेली कम्पनीका सिईओ र फ्रान्सका प्रमुख व्यक्तित्वहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । 

फ्रान्स र भारतबीच रणनीतिक साझेदारीको २५ वर्ष भएको छ । द्विपक्षीय रणनीतिक साझेदारीको रजत महोत्सवका सन्दर्भमा दुई देशबीच रक्षा र ऊर्जासहित धेरै क्षेत्रमा व्यापार सम्झौता वार्ता हुने बताइएको छ । 





  • प्रकाशित मिति : असार २७, २०८० बुधबार १७:३०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया