logo-img

साम्राज्ञीविरुद्धको मुद्दा भुवनले हारे

चलचित्र विकास बोर्डका अध्यक्षसमेत रहेका अभिनेता भुवन केसीले गाली बेइज्जतीको मुद्दा हारेका छन् ।

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेव पौडेलको इजलासले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध अभिनेता केसीको गाली बेइज्जती मुद्दामा बुधबार दाबी नपुग्ने फैसला गरेको हो । 

केसीले १ साउन २०७७ मा मुद्दा दायर गरेका थिए । झन्डै तीन वर्षअघि अभिनेत्री शाहले भुवनले आफूविरुद्ध यौन दुर्व्यवहारबारे सामाजिक सञ्जालमार्फत खुलासा गरेकी थिइन् । भुवनले प्रतिवादमा ‘जुन थालमा खायो त्यही थालमा दुलो पार्ने ?’ भन्दै प्रतिक्रिया दिएका थिए । त्यसपछि साम्राज्ञीले भुवनले आफूलाई जापान अवार्डमा पनि दुर्व्यवहार गरेको खुलाएकी थिइन् ।

‘त्यो स्ट्याटस लेख्ने व्यक्तिले जापानमा अवार्ड कार्यक्रम हुँदा नै बाबा हेर तँ त मेरो प्रोडक्ट हो । त्यो पुरानो कुरा कोट्याएर के फाइदा । यस्तो कुराहरू नगर भनेर मलाई सम्झाउनुभयो,’ इन्स्टामा भिडियो सार्वजनिक गर्दै उनले भनेकी थिइन्, ‘भित्र मलाई घिन लागिरहेको थियो । त्यो कुरा गर्दा पनि टाँस्सिएर, फेरि त्यही व्यवहार । त्यही परभर्ट व्यवहार । गालामै मुख ल्याएर बोलिरहेको थियो । उहाँलाई अंकल भनेको मन पर्दैन । हस दाइ भन्दै धकेलिदिएँ । म जे बोल्दै छु यो सबै सत्य हो ।’ 

त्यसपछि भुवनले १० करोडको क्षतिपूर्ति माग्दै मुद्दा दायर गरेका थिए । 





  • प्रकाशित मिति : असार २७, २०८० बुधबार २२:५९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया