logo-img

प्रदेश सरकारले स्वास्थ्य क्षेत्रसँग सहकार्य गर्छ : मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले निजी क्षेत्रका स्वास्थ्य संस्थासँग प्रदेश सरकार सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताएका छन् । 

धनगढीमा नवनिर्मित सौभाग्य हस्पिटल एन्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेडको आज उद्घाटन गर्दै मुख्यमन्त्री शाहले निजी क्षेत्रमा स्वास्थ्य क्षेत्र अगाडि बढेमा प्रदेश सरकार साथ दिन तयार रहेको बताए । 

‘प्रविधिले विश्वमा एक किसिमको वातावरण सिर्जना गरेको छ, नयाँ नयाँ प्रविधि र साधनस्रोत छन्, त्यो हुँदाहुँदै पनि हामीले हाम्रो ठाउँमा भनेजस्तो, सोचेजस्तो राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा पाउने सेवाबाट वञ्चित भएका छौँ,’ उनले भने । 

मुख्यमन्त्री शाहले थपे, ‘राज्यले महत्त्व दिँदादिँदै पनि राज्य त्यहाँसम्म पुग्न नसकेको अवस्था छ ।’ त्यसकारण हामी सबै एकजुट भएर अगाडि बढ्नु जरुरी रहेको उनले बताए । 





  • प्रकाशित मिति : असार ३०, २०८० शनिबार २१:३८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया