logo-img

६ राजदूतको संसदीय सुनवाइ सुरु, उजुरीका लागि सूचना जारी गर्दै समिति

सरकारद्वारा सिफारिस गरिएका विभिन्न मुलुक तथा नियोगका ६ जना राजदूतको संसदीय सुनवाइ प्रक्रिया सुरु भएको छ ।  

बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले सरकारद्वारा सिफारिस अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूत लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्र संघीय नेपाली नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा सिफारिस तेजबहादुर क्षेत्री, कुवेतका लागि प्रस्तावित राजदूत घनश्याम लम्साल, थाइल्याण्डका लागि प्रस्तावित राजदूत धनबहादुर ओली र फ्रान्सका लागि प्रस्तावित राजदूत सुधीर भट्टाराईको सुनुवाइ गर्न उजुरी आह्‍वानका लागि १० दिने सूचना जारी गर्ने निर्णय गरेको हो । 

सरकारले सिफारिस गरेका राजदूत तथा विभिन्न नियोगका प्रतिनिधिको सुनुवाइका लागि प्रष्ट आधार र सबुत प्रमाणसहित उजुरी दिनका लागि १० दिने सूचना जारी गर्ने प्रस्ताव बैठकले पारित गरेको समितिका सचिव एकराम गिरीले जानकारी दिए । 

उनले समितिको निर्णयअनुसार आजको मितिबाट नै लागू हुनेगरी समितिले सो उजुरी आह्वान गर्दै सरकारी सञ्चार माध्यमबाट सूचना प्रकाशित गर्ने समेत बताए । 

मन्त्रिपरिषदले सिफारिस गरेका राजदूत संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।  





  • प्रकाशित मिति : साउन ३, २०८० बुधबार १३:१८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया