काठमाडौं महानगरपालिकाले भद्रकुमारी घले सदनमा पनि डोजर चलायो

काठमाडौं महानगरपालिकाले भद्रकुमारी घले सेवा सदनको भवन भत्काउन सुरु गरेको छ । महानगरपालिकाले बुधबार बिहानबाट अनधिकृत रुपमा बनाइएको संरचना भन्दै सो सेवा सदनको भवन भत्काउने काम सुरु गरेको हो । 

घलेले अनाथ, असहाय, अशक्त बालबालिका, महिला, ज्येष्ठ नागरिकहरुका लागि सो भवनमा आश्रय दिँदै आएकी छन् । यता, महानगरपालिकाले भने सार्वजनिक जग्गामा बनाइएको भवन भत्काउनु कानुनी राज्यको कर्तव्य भएकाले भत्काउने काम गरिएको जनाएको छ । महानगरपालिकाका नगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले अनधिकृत रुपमा बनेका संरचना भत्काउनु परेको बताए । 

कानुनी राज्यमा कानुन अनुसार काम हुने भन्दै आफूहरुले सोही अनुसार सो सदनको अनधिकृत भवन भत्काउने काम सुरु गरेको उनले बताए । नगरप्रहरी प्रमुख पाण्डेले आश्रय लिइरहेका अनाथ, अशक्त बालबालिका तथा ज्येष्ठ नागरिकको पनि महानगरपालिकाले आश्रयको व्यवस्था गर्ने आश्वासन दिए । 

यता, सामाजिक संघ, संस्थाहरुले भने समाजसेवाको क्षेत्रमा समर्पित सो सदन भत्काउने काम गरेको भन्दै काठमाडौं महानगरपालिकाको विरोध गरेका छन । उनीहरुले पूर्वजानकारी समेत नगराई अनाथ, अशक्त र असहाय बालबालिका, महिला, ज्येष्ठ नागरिकलाई आश्रय दिने काम गरिरहेको सो सदनको भवन भत्काउने महानगरपालिकाको कदमलाई अत्याचारको संज्ञा दिएका छन् ।

जब्बरजस्ती ढंगले सो सदनको भवन भत्काउने काम गर्नु गलत भएको राउटे लोपोन्मुख सिमान्तकृत उत्थान प्रतिष्ठान नेपालकी अध्यक्ष सत्यदेवी खड्का अधिकारीले बताइन् । 

अन्य संस्थाहरुले पनि सो सदनलाई महानगरपालिकाले प्रयोगमा ल्याउनुपर्नेमा भत्काउने काम गरेको भन्दै आक्रोश पोखेका थिए ।





  • प्रकाशित मिति : साउन ३, २०८० बुधबार १७:६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया