logo-img

श्रीलंकाको मुद्रास्फीति १०.८ प्रतिशत कायम

श्रीलङ्काको मुद्रास्फीति जुनमा घटेर १०.८ प्रतिशत कायम भएको छ । 

श्रीलङ्काको राष्ट्रिय उपभोक्ता मूल्य सूचकाङ्क (एनसीपीआई) मा आधारित मुद्रास्फीति मे महिनामा २२.१ प्रतिशत रहेको थियो । जुन महिनामा यसमा थप कमी आई १०.८ प्रतिशतमा झरेको जनगणना तथा तथ्याङ्क विभागले शुक्रबार जनाएको छ ।

विभागका अनुसार खाद्य क्षेत्रको मुद्रास्फीति मे महिनामा १५.८ प्रतिशत रहेकोमा गत महिना घटेर २.५ प्रतिशतमा झरेको छ । गैर–खाद्य समूहको मुद्रास्फीति जुनमा २७.६ प्रतिशतबाट घटेर १८.३ प्रतिशतमा झरेको छ । 

गत वर्ष एनसीपीआईले ७३.७ प्रतिशतको मुद्रास्फीति रेकर्ड गरेको श्रीलङ्काको मुद्रास्फीति सेप्टेम्बर २०२२ देखि निरन्तर घटिरहेको छ । श्रीलङ्काको केन्द्रीय बैंकले सन् २०२३ सम्म पनि मुद्रास्फीतिमा गिरावट आउने अनुमान गरेको छ ।

श्रीलङ्काले सेप्टेम्बरसम्ममा विद्यमान उच्च मुद्रास्फीतिलाई एकल अङ्कमा झार्ने बताएको छ ।   





  • प्रकाशित मिति : साउन ५, २०८० शुक्रबार २२:५७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया