logo-img

ओलीका कारण घण्टी पार्टी जन्मियो, अब पनि नसुध्रिए शंख पनि आउन सक्छ : घनश्याम भुसाल

नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका कारण घण्टी (रास्वपा) उदाएको दाबी गरेका छन् । शनिबार विराटनगरमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

दुईतिहाइको सरकार ढलेकै कारण घण्टीको उदय भएको भन्दै भुसालले एमाले नर्कको बाटोतर्फ लागेको टिप्पणी गरे । ओलीका कारण उदाएको घण्टी (रास्वपा)ले अहिल्यै केही नगरेको, तर नसुध्रिए घण्टी मात्र नभई ‘शंख’ पनि आउन सक्ने उनको भनाइ छ ।

ओलीको चरम गुटबन्दी र अर्कालाई गाली गर्ने प्रवृत्तिका कारण कम्युनिस्ट पार्टीकै छवि बिगारेको उनको जिकिर छ । 

प्रधानमन्त्रीले महिनामा तीनपटक मात्रै राम्रा कुरा गर्दा तीन करोड जनतामा सकारात्मक सन्देश जाने भन्दै भुसालले भने, ‘तर, ओलीजीले प्रधानमन्त्री पदलाई चिट्ठामा पाएको जस्तो गरेर उडाउनु भयो । विदेशीसँग गरिने व्यवहार हेरेर नै उहाँको राष्ट्रवादबारे थाहा भइहाल्छ नि !’





  • प्रकाशित मिति : साउन ६, २०८० शनिबार १९:४४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया