भ्रातृसंस्था गठनमा संस्थापन पक्षकाे एकलौटी अन्त्य गरियाेस् : जीवन परियार

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले भ्रातृ संस्थाहरुको गठन गर्दा राजनीतिक सन्तुलन कायम गर्न आग्रह गरेका छन् । आइतबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सहमहामन्त्री परियारले भ्रातृसंस्था गठनमा संस्थापन पक्षले एकलौटी गरेको बताए । 

अघिल्लो केन्द्रीय कार्यसमिति बैठकले भ्रातृसंस्था बनाउँदा नेताहरुसँग आवश्यक परामर्श गरी गठन गर्ने निर्णय गरेपनि नेपाल विद्यार्थी संघ, महिला संघ, तरुण दल, आदिवासी जनजाति महासंघ र किसान महासंघ बनाउँदा संस्थापनले एकपक्षीय रुपमा गरेको उल्लेख गरे । आगामी दिनमा भ्रातृसंस्था गठन गर्दा संस्थापन र संस्थापन इतर समुहको सन्तुलन कायम गर्न अनुरोध गरे । 

पार्टीको बैठक लाइभ गरेर व्यक्तिलाई फाइदा पुगे पनि पार्टीलाई कुनै फाइदा नपुगेको उनले बताए । फेसबुक लाइभ हेर्नेको संख्या घटिरहेको भन्दै आमजनतालाई आफूहरुको कुरा सुन्ने रुचिमा ह्रास आउँदै गएको बताए । 

सहमहामन्त्री परियारले दलित समुदायलाई गत निर्वाचनमा टिकट नदिइएको भन्दै आपत्ति जनाए । 





  • प्रकाशित मिति : साउन ७, २०८० आइतबार १६:३३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया