logo-img

पुष्पलालको स्मरण : वामपन्थी एकतामा जोड

वाम नेताहरूले नेपाली कम्युनिष्ट आन्दोलनका प्रणेता पुष्पलाल श्रेष्ठको स्मरण गर्दै विभिन्न गुटमा छरिएका कम्युनिष्ट पार्टीलाई पुनः एउटै बनाउनुपर्ने धारणा राखेका छन् । 

पुष्पलालको ४५औँ स्मृति दिवसका अवसरमा कीर्तिपुर नगरपालिका–४, चम्पादेवीस्थित पुष्पलाल पार्कमा आज आयोजित कार्यक्रममा नेताहरूले यस्तो धारणा राखेका हुन् ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले पुष्पलालको विचार र देशमा एउटै कम्युनिष्ट पार्टी देख्न उनको भावनाअनुरूप वामपन्थी एकताका लागि आफूले पहल गर्ने बताए । 

अर्का वामपन्थी नेता वामदेव गौतमले पुष्पलालले कम्युनिष्ट पार्टीको स्थापना र सञ्चालनका लागि गर्नुभएको मिहिनेतको स्मरण गर्दै वाम एकताको पहल गर्ने विचार सकारात्मक भएको बताए । 

अर्का वामपन्थी विश्लेषक लोककृष्ण भट्टराईले सबै कम्युनिष्ट पार्टी एकै बनाउने कामको नेतृत्व पनि नेता नेपालले नै गर्नुपर्ने बताए ।  





  • प्रकाशित मिति : साउन ७, २०८० आइतबार २०:३६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया