एनआरएनए अमेरिकाको अध्यक्ष अर्जुन बन्जाडे निर्वाचित

गैर-आवासीय नेपाली सङ्घ, अमेरिका (एनआरएनए) को अध्यक्ष पदमा डा. अर्जुन बन्जाडे निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी डिलु पराजुलीलाई भारी मतान्तरले पराजित गरे । 

मत परिणाममा डा. बन्जाडेले ५ हजार ७३९ मत प्राप्त गरेका थिए भने पराजुलीले ४ हजार ८०६ मत प्राप्त गरे । निर्वाचन समितिका अनुसार, दुई वर्षे कार्यकाल (सन् २०२३-२०२५) का लागि सम्पन्न सो निर्वाचनबाट गठित नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा विकास उप्रेती निर्वाचित भए ।

त्यस्तै, पाँचजना राष्ट्रिय उपाध्यक्षमा भानु खरेल, प्रेम तामाङ, ज्ञानेन्द्र गुरुङ र नेत्र पाण्डे तथा महिलातर्फ सुनिता सापकोटा कँडेल निर्वाचित भएका छन् । त्यसैगरी युवा उपाध्यक्षमा अनुप खनाल निर्वाचित भए ।

त्यस्तै, सङ्घको महासचिवमा रामहरि अधिकारी विजयी भए । कोषाध्यक्षमा सरोज सिग्देल निर्वाचित भएका छन् भने सचिवमा दीपक सापकोटा निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ । सह कोषाध्यक्षमा दिवाकर पाण्डे निर्वाचित भए । त्यस्तै, युवा संयोजकमा तेज पौडेल र महिला संयोजकमा सुनिता खत्री विजयी भए । 

समितिको बोर्ड सदस्यमा डा. गंगाधर आचार्य, बल राई, विष्णु बराल, निमा शेर्पा, वासुदेव भट्ट, लक्ष्मण दर्लामी, मोहन कुसारी र नवराज न्यौपाने निर्वाचित हुनुभएको छ । महिला बोर्ड सदस्यमा दुर्गा तिवारी, रितादेवी प्रधान, सृजना शर्मा र सरस्वती शर्मा निर्वाचित भएका छन् ।

सो निर्वाचनमा चार जना क्षेत्रीय अध्यक्षमा विष्णु खत्री (पश्चिम) आङ टी. शेर्पा (उत्तर पूर्व) मोहन न्यौपाने (दक्षिण) तथा महेन्द्र बस्नेत (मध्यपश्चिम) निर्वाचित भए ।



त्यस्तै, निर्वाचित आइसिसी सदस्यमा प्रवीण केसी, क्षत्रकुमारी गुरुङ, पदमबहादुर ठकुराठी, टंकराज रेग्मी, गोविन्दकुमार श्रेष्ठ, उत्तम कुमार कार्की, डोलनाथ घिमिरे र दुर्गेश जंग कार्की भएका छन् । 

कुल १३ हजार ६ सय ९१ मतदाता रहेको एनआरएनए अमेरिकाको यसपटकको निर्वाचनमा ११ हजार २ सय ६९ मत (करिब ८२ प्रतिशत) खसेको थियो ।  



  • प्रकाशित मिति : साउन ९, २०८० मंगलबार ८:३५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया