मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले अनुचित लेनदेन मिटरब्याज सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ प्रमाणीकरण गरेका छन् ।

दुवै सदनबाट पास भई प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय शीतल निवास पुगेको विधेयक आज राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् । 

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन् ।  

राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै यो विधेयकले अब कानुनको रुप लिएको छ ।





  • प्रकाशित मिति : साउन १२, २०८० शुक्रबार १५:८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया