logo-img

जति चाँडो उच्चस्तरीय छानबिन समिति बन्छ त्यति चाँडो संसद् सुचारु हुन दिन्छौं : गोकुल बाँस्कोटा

नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति बनाउने वा नबनाउने भन्ने निर्णय गर्नका लागि सरकारले मंगलबारसम्मको समय मागेको बताएका छन् । 

सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले मंगलबारसम्मको समय माग गरेकाले आजको प्रतिनिधि सभा बैठक बस्न नसकेको बताए । उनले सरकारले जति चाँडो उच्चस्तरीय छानबिन बनायो त्यति चाँडै संसद् सुचारु हुने बताए । उनले सरकारले अविलम्ब उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताए । 

उनले भने, ‘सरकारले भोलिसम्मको समय मागेको छ, उच्चस्तरीय छानबिन समिति बनाउने वा नबनाउने भन्ने निर्णय गर्न । भोलि बनायो भने संसद् चल्छ । सरकारले अविलम्ब उच्चस्तरीय छानबिन समिति बनाओस् । जे साँचो हो, त्यो बाहिर ल्याइदिओ । की सरकार अनुसन्धान गर्न चाहँदैन ? प्रश्न उठि सकेपछि ढाकछोप गर्ने होइन, खुला हुनुपर्छ ।’

सांसद बाँस्कोटाले अनियमितताको प्रश्न उठिसकेपछि सरकार ढाकछोप गर्न नलागेर निष्पक्ष छानबिन गर्न लाग्नुपर्ने बताए ।  





  • प्रकाशित मिति : साउन १५, २०८० साेमबार १८:३१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया