logo-img

संवैधानिक परिषद् बैठक : प्रधानन्यायाधीशमा श्रेष्ठ सिफारिसको सम्भावना

नयाँ प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि आज दिउँसो ४ बजे संवैधानिक परिषद्को बैठक बस्दैछ । संवैधानिक परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बैठक बस्न लागेको हो ।  

प्रमुख प्रतिपक्षी एमालेले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन अवरोध खडा नगरे संवैधानिक परिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गर्नेछ ।

विपक्षी एमालेले नचाहेसम्म प्रधानन्यायाधीश नियुक्ति सिफारिस नै कठिन हुने देखिन्छ । एमालेले प्रधानन्यायाधीशसँगै न्यायाधीश नियुक्तिका विषय पनि एकै साथ टुंगो लगाउनुपर्ने जनाउँदै आएको छ । तर, प्रधानमन्त्री दाहालले प्रधानन्यायाधीश हरिकृष्ण कार्की २० साउनबाट अनिवार्य अवकाशमा जाने भन्दै न्यायाधीशका विषयमा पछि छलफल गर्ने बताउँदै आएका छन् ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने ६ सदस्यीय संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधिसभामा प्रमुख विपक्षी दलका नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य हुने संवैधानिक व्यवस्था छ । प्रमुख प्रतिपक्षी दलका नेतामा एमाले अध्यक्ष केपी शर्मा ओली छन् भने प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभा अध्यक्ष पनि एमालेबाटै निर्वाचित सांसद छन् । 





  • प्रकाशित मिति : साउन १६, २०८० मंगलबार ८:२६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया