logo-img

संसदको अवरोध हटाउन सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको जारी अवरोध हटाउन मध्यान्ह १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । 

संसद भवन नयाँ बानेश्वरमा बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी एमालेले जारी राखेको संसद अवरोध हटाउने विषयमा छलफल गर्न लागेका हुन् । 

सभामुख घिमिरेले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसँग टेलिफोन संवाद गरेका थिए । ‘सभामुखज्यूले निरन्तर सदन अवरुद्ध हुँदा जनताको आवाज अवरुद्ध हुने भन्दै गम्भीर हुन प्रधानमन्त्री र विपक्षी दलका नेताको ध्यानाकर्षण गराउनुभयो,’ सभामुखलाई उद्धृत गर्दै उनका प्रेस सल्लाहकार शेखर अधिकारीले भने, ‘सूचना टाँसेर सदन स्थगित गर्दा संसदीय अभ्यासमा गलत नजिर बस्नेतर्फ समेत स्मरण गराउनुभयो ।’

सभामुख घिमिरेले सोमबार पनि प्रधानमन्त्री, विपक्षी दलका नेता, गृहमन्त्री, प्रमुख सचेतक र सचेतकहरूसँग समेत पटकपटक छलफल गरेका थिए । 
 





  • प्रकाशित मिति : साउन १६, २०८० मंगलबार १०:४२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया