logo-img

सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन नाउपा तयार

नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश सरकारमा जान तयार भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूसँगको भेटपछि नाउपा प्रदेश सरकारमा सहभागी हुन तयार भएको हो ।  

आजको  बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा, एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, नागरिक उन्मुक्ति पाटीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीलगायत सहभागी थिए ।  

सुदूरपश्चिममा नाउपाले कृषि मन्त्री, कृषि राज्यमन्त्री र दुईवटा संसदीय समितिको सभापति पाउने सहमति भएको बताइएको छ । 





  • प्रकाशित मिति : साउन १६, २०८० मंगलबार ११:५८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया