logo-img

विवेकशील साझाले उपराष्ट्रपतिलाई बुझायो गौरवमय सांस्कृतिक मानचित्र

विवेकशील साझा पार्टीले प्रकाशन गरेको ‘ऐतिहासिक नेपालको गौरवमय सांस्कृतिक मानचित्र’ उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई हस्तान्तरण गरेको छ । पार्टी अध्यक्ष समीक्षा बाँस्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार, महासचिव रञ्जु दर्शना, प्रवक्ता आशुतोष प्रधान र केन्द्रीय सदस्य नवराज थापा सम्मिलित टोलीले उपराष्ट्रपति यादवलाई गौरवमय सांस्कृतिक मानचित्र हस्तान्तरण गरेर अभियान सुरु गरिएको छ।

एसियाको प्राचीन राष्ट्र नेपालको सुगौली सन्धिअगाडिको भू–भाग र वर्तमान भू–भागमा रहेका सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक धरोहरलाई समेटेर निर्माण गरिएको मानचित्रमा सगरमाथादेखि बौद्ध स्तुपासम्म, पशुपतिनाथदेखि काँक्रेविहारसम्मका पुरातात्विक महत्वका सम्पदा समेटिएका छन्। 

गौरवमय इतिहासमा ‘मानसरोवरदेखि गंगा मैदानसम्म’का धरोहरलाई नक्सांकन गरिएको छ। धरातलीय यथार्थमा नेपालको वर्तमान राजनीतिक नक्साभित्र रहेका सांस्कृतिक, पुरातात्विक सम्पदालाई झल्काइएको छ।

विवेकशील साझा पार्टीले सरकारले निर्वाह गर्नुपर्ने दायित्व स्मरण गराउँदै नेपालको सांस्कृतिक मानचित्र सार्वजनिक गरेर सरोकारवालालाई स्मरण गराउने अभियानबमोजिम यो अभियान थालेको हो।





  • प्रकाशित मिति : साउन १६, २०८० मंगलबार १६:५१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया