logo-img

राज्यका निकायले निष्पक्ष छानबिन गर्न नसके मात्रै उच्चस्तरीय छानबिन समिति बनाऔँ : चन्द्र भण्डारी

नेपाली कांग्रेसका सांसद डा.चन्द्रकान्त भण्डारीले अनियमितता गर्नेहरुको विरुद्धमा सबै एक भएर लड्नुपर्ने बताएका छन् । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

पछिल्लो सुन तस्करीबारे पहिला प्रहरी प्रशासन, राज्यका निकायहरूलाई छानबिन गर्न दिनुपर्ने उनले बताए । राज्यका निकायले निष्पक्ष छानबिन गर्न नसके र निचोडमा पुग्न नसके मात्रै उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न उपयुक्त हुने उनको सुझाब छ । 

अनियमितता गर्नेहरुले नेपाललाई नांगो बनाइरहेको भन्दै सांसद भण्डारीले सबै एक भएर त्यसविरुद्ध लड्नुपर्ने बताए । ‘उच्चस्तरीय छानबिन समिति बनाउनुहुँदैन भन्ने होइन । बनाए पनि हुन्छ,’ उनले भने, ‘तर, राज्यको निकाय छ । पुलिस छ । राजस्व छ । उनीहरुले गर्ने कुरा एक छिन हेरौँ ।’ 





  • प्रकाशित मिति : साउन १६, २०८० मंगलबार १७:५३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया