logo-img

भावी प्रधानन्यायाधीशका लागि विश्वम्भर श्रेष्ठ सिफारिस हुँदै

संवैधानिक परिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदबारमा जारी बैठकमा प्रधानन्यायाधीशको नाम सिफारिस गर्नेबारे छलफल भइरहेको छ । 

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिन अब चार दिन मात्रै बाँकी छ । उनको कार्यकाल सकिनु एक महिना अगाडि नै नयाँ सिफारिस हुनुपर्नेमा अहिलेसम्म हुन सकेको छैन । बैठकले वरिष्ठ न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस हुँदै छन्।

यसअघि बैठक बोलाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर दबाब दिएका थिए । आजको बैठकमा नयाँ प्रधानन्यायाधिश सिफारिस गर्नेबारे छलफल हुनेछ ।

सर्वोच्चमा हाल तीन वर्ष अवधि पार भएका ११ जना न्यायाधीश रहेका छन् । विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरि फुयाँल र मनोजकुमार शर्मा प्रधानन्यायाधीशका उम्मेदवार हुन् । 

धारा १२९ मा सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा तीन वर्ष काम गरेको व्यक्ति प्रधानन्यायाधीशको पदमा नियुक्त हुन योग्य हुने व्यवस्था छ ।

तर, संवैधानिक परिषद्ले वरिष्ठतम न्यायाधीशलाई प्रधानन्यायाधीश नियुक्तका लागि सिफारिस गर्दै आएको छ । हाल विश्वम्भर प्रसाद श्रेष्ठ वरिष्ठतम न्यायाधीशका रुपमा कार्यरत छन् ।



श्रेष्ठ, खतिवडा, भट्टराई, सिन्हा, राउत र प्रधान ०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका हुन् ।



  • प्रकाशित मिति : साउन १६, २०८० मंगलबार १८:१५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया