logo-img

परराष्ट्रमन्त्रीसँग छलफल गर्दै संसदीय सुनुवाइ समिति

संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । बिहान ११ बजे सार्वजनिक लेखा समितिको हलमा सुरु हुने बैठकमा लागि परराष्ट्रमन्त्री एनपी साउदसँग छलफल र प्रस्तावित राजदूतको संसदीय सुनुवाइ गर्ने तालिका राखिएको छ ।

सरकारले न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्र संघीय नेपाली नियोगका आवासीय प्रतिनिधिमा रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा तेजबहादुर क्षेत्री, कुवेतका लागि राजदूतमा घनश्याम लम्साल, थाइल्याण्डका लागि राजदूतमा धनबहादुर ओली र फ्रान्सका लागि राजदूतमा सुधीर भट्टराई सिफारिस गरेको छ । 

उनीहरूविरुद्ध संसदीय समितिले गत बुधबार उजुरी आह्वानका लागि १० दिनको समय दिएर सूचना जारी गरेको थियो । 

मन्त्रिपरिषद्ले सिफारिस गरेका राजदूतहरू संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । 
 





  • प्रकाशित मिति : साउन १७, २०८० बुधबार ८:२१:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया