logo-img

दूरगामी प्रभाव हेरेर विधेयक बनाउनुपर्छ : अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक बनाउँदा दूरगामी प्रभाव हेरेर बनाउनुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले विषयको दूरगामी प्रभाव हेरेर मात्रै विधेयक बनाउनुपर्ने बताएका हुन् । 

उनले एक, दुई वर्षमै परिवर्तन हुने गरी विधेयक बनाउनु नहुनेमा जोड दिए । उनले सांसदहरूले आफ्नो अध्ययनको सीमा बढाउँदै र विषयवस्तुको गहिराइमा पुगेर मात्रै विधेयक बनाउनुपर्ने बताए । नीति, निर्माण गर्न आएका सांसदहरू त्यता केन्द्रित हुन नसकेका भन्दै उनले जनतालाई पनि आफ्नो भूमिकाप्रति जागृत गराउनुपर्ने बताए । 

उनले संघीयतालाई कार्यान्वयन गर्नका लागि प्रदेश र स्थानीय तहलाई बलियो बनाउनुपर्ने बताए । संघले अधिकारहरू आफूलाई मात्र राख्नु नहुने उनको भनाई छ । यसतर्फ सबैको खबरदारी आवश्यक रहेको उनले बताए । अध्यक्ष तिमिल्सिनाले जिल्ला समन्वय समितिलाई कामकाजी बनाउन नसक्ने हो भने हटाउनुपर्ने धारणा राखे । उनले जिल्ला समन्वय समितिको औचित्यमाथि बहस गर्नुपर्ने बताए ।

उनले भने, ‘आफैँ बलियो होइन कसरी स्थानीय तहलाई  बलियो बनाउने ? प्रदेशलाई ? बढी त जिम्मेवार त्यता बनाउँदै विधि निर्माण गर्ने कुरामा अन्तर्राष्ट्रिय मुद्दाहरूमा संघ केन्द्रित हुनुपर्छ । मैले पैसा बाँडेर म नै त्यहाँ हुन्छु भन्ने कुरा सोच बनेपछि अधिकार त्यहीँ राख्ने कुरा । विधि बनाएर सिस्टमले चलाइदियो भने त्यता जानै पर्दैन । हामी त्यता गएनौँ । यस कारणले बिग्रिराखेको छ यो कुरालाई हामी निरन्तर खबरदारी पनि गर्नुपर्छ ।’

अध्यक्ष तिमिल्सिनाले संघीय संरचनामा गएपछि जिल्लास्थित कार्यालयहरू कम हुने र पालिकामा जाने भनिए पनि अहिले जिल्लामा झनै धेरै कार्यालयहरू थुप्रिएका बताए । संघ, प्रदेश र स्थानीय तहकै आफू मातहतका कार्यालयहरू जिल्लामा थुप्रिएका उनले उल्लेख गरे । 





  • प्रकाशित मिति : साउन १७, २०८० बुधबार १७:६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया