logo-img

अखिल अध्यक्षको आरोप : तस्करी भएको सुन पेरिसडाँडामा छ

सुन प्रकरणलाई टुंगोमा पुर्‍याउन माग गर्दै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु​ले काठमाडौंमा टर्चलाइट जुलुस निकालेको छ । 

अनेरास्ववियुले प्रकरणमा संलग्नहरुलाई पक्राउ गर्नुको साटो सरकारले संसद रोकेर विषयान्तर गर्न खोजेको आरोप लगाएको छ ।

क्विन्टलका क्विन्टल सुन तस्करी हुँदा पनि सरकारले आँखा चिम्लिएकाले टर्च लाईट बालेर सरकार खोज्नुपरेको अनेरास्ववियुले जनाएको छ । 

काठमाडौंको माइतीघरबाट सुरु भएको विद्यार्थी संगठनको जुलुस नयाँबानेश्वरमा पुगेरमा कोणसभामा परिणत भएको थियो । 

कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियुका अध्यक्ष समिक बडालले तस्करी भएको सुन पेरिसडाँडामा रहेको आरोप लगाएका छन् । 





  • प्रकाशित मिति : साउन १७, २०८० बुधबार २१:२३:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया