लाहोरस्थित निवासबाटै पक्राउ परे इमरान खान

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान लाहोरस्थित उनको निवासबाट पक्राउ परेका छन् । उनलाई ट्रयाल कोर्टले गैरकानुनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाएको थियो । 

तेहरिक–ए–इन्साफका अध्यक्षसमेत रहेका खानलाई अदालतको फैसलालगत्तै पक्राउ गरिएको बिबिसीले जनाएको छ । इस्लामावादको जिल्ला तथा सेसन अदालतले खानलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय र एक लाख रुपैयाँ जरिवाना तोकेको छ ।

इमरानको पार्टी तेहरिक–ए–इन्साफले यसलाई पूर्वाग्रहपूर्ण भएको भन्दै निर्णयविरुद्ध सर्वोच्च अदालत जाने बताएको छ ।





  • प्रकाशित मिति : साउन २०, २०८० शनिबार १५:४०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया