logo-img

निर्माण व्यवसायी महासंघले गर्यो थप आन्दोलनको घोषणा

निर्माण व्यवसायी महासंघले, पहिलो चरणको आन्दोलन सकिएसँगै दोस्रो र तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । 

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले सरकारले आफ्ना माग पूरै सम्बोधन नगरेको भन्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
राष्ट्रिय भेलामार्फत पहिलो चरणको संघर्षका कार्यक्रम सम्पन्न हुँदासमेत आफ्ना माग सम्बोधन नभएकाले दोस्रो र तेस्रो चरणको आन्दोलनको घोषणा गर्ने निर्णय गरिएको महासंघका महासचिव रोशन दाहालले जानकारी दिए । 

उनले भने,‘यसरी हाम्रा जायज मागहरु हालसम्म सम्बोधन नभएको हुँदा महासंघकै निर्णयानुसार दोस्रो र तेस्रो चरणका कार्यक्रमहरु घोषणा गर्न बाध्य भएका हौँ । ’
महासंघले दोस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत भोलि सोमबारदेखि २६ गतेसम्म सेफ्टी हेल्मेट र ज्याकेट लगाई हातमा कालो पट्टीसहित हरेक दिन बिहान ९ बजेबाट महासंघदेखि संसद भवनसम्म सिठ्ठी जुलुस प्रदर्शन गर्ने भएको छ ।

त्यस्तै, संसद भवनअगाडि कोणसभा गर्ने र संसद भवनदेखि माइतीघर मण्डला, बबरमहल हुँदै हुनमानस्थानमा सिठ्ठी जुलुससहित धर्ना दिनेलगायत कार्यक्रम गर्ने महासंघले जनाएको छ । 

दोस्रो चरणको आन्दोलनबाट पनि सरकारले माग सम्बोधन नगरे २८ गते सोमबारदेखि तेस्रो चरणको आन्दोलन सुरु महासंघको चेतावनी छ । 

तेस्रो चरणका कार्यक्रममा अत्यावश्यक बाहेकका सबै निर्माण कार्य अनिश्चित कालका लागि बन्द गर्ने, विकासे विभागमा पालैपालो बिहान १० बजेदेखि ११ बजेसम्म एक घण्टा धर्ना तथा तालाबन्दी गर्ने, निर्माण विज्ञलगायत सरोकारवालाबीच सार्वजनिक सुनवाइसहितको टेलिभिजनमार्फत लाइभ अन्तरक्रिया कार्यक्रम गर्नका साथै थानकोट नाका र भक्तपुरको साँगा मुख्य नाकामा आलोपालो गरी दैनिक रूपमा एक घण्टा सडकमा चक्का जाम गरी नाका बन्द गर्ने उनीहरुको चेतावनी छ । 



महासंघले पहिलो चरणको आन्दोलनमा पनि पूर्वनिर्धारित कार्यक्रमअनुसार विभिन्न विरोध र धर्ना कार्यक्रम गरेको थियो । 



  • प्रकाशित मिति : साउन २१, २०८० आइतबार १९:४१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया