logo-img

लुम्बिनी विकास कोषको कार्यकारी उपाध्यक्षमा ल्हारक्याल लामा नियुक्त

सरकारले लुम्बिनी विकास कोषको कार्यकारी उपाध्यक्षमा डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ)लाई नियुक्त गरेको छ । दुवै संविधानसभामा माओवादीका तर्फबाट सदस्यसमेत रहेका डा. लामालाई मन्त्रिपरिषद्को बैठकले कोषको उपाध्यक्षमा नियुक्त गरेको हो ।

यसअघिका उपाध्यक्ष अवधेश त्रिपाठीको सातवर्षे कार्यकाल सकिएपछि रिक्त रहेको उपाध्यक्षमा लामा नियुक्त भएका हुन् । बौद्धदर्शनमा विद्यावारिधि गरेका लामा पूर्वराज्यमन्त्री पनि हुन् । 

लामा विश्वभरका बुद्धमार्गी तथा सरकारहरु संलग्न रहेको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका केन्द्रीय सचिवसमेत हुन् । डा. लामालाई पाँच वर्षका लागि नियुक्त गरिएको हो ।

डा.लामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत छन् । विवादित छवि भएका लामालाई बोर्डको उपाध्यक्ष बनाउन लागेको भन्दै केही संस्थालृ विरोध जनाएका थिए । 

अख्तियारले २०५८ देखि २०७२ पुस मसान्तसम्म लामाको सम्पत्ति छानविन गरेको थियो । त्यस क्रममा २० करोड ३४ लाख रुपैयाँ बैध रुपमा आर्जन गरेर २९ करोड ७९ लाख खर्च गरेको अख्तियारको दाबी थियो । आर्जनको तुलनामा खर्च बढी भएको ९ करोड ४४ लाख रुपैया गैरकानुनी आर्जन भनी अख्तियारले मुद्दा दायर गरेको थियो ।

उनी विरुद्ध अख्तियारले नौ करोड २४ लाख अकुत सम्पत्ति जोडेको अभियोगमा मुद्दा दायर गरेको थियो । लामा १ करोड धरौटीमा छुटेका थिए ।





  • प्रकाशित मिति : साउन २१, २०८० आइतबार २१:७:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया