logo-img

विवेकशील साझाले सभामुखलाई बुझायो सांस्कृतिक मानचित्र

विवेकशील साझा पार्टीले प्रकाशन गरेको सांस्कृतिक नक्सा सभामुख देवराज घिमिरेलाई हस्तान्तरण गरिएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पार्टी अध्यक्ष समीक्षा बाँस्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार, प्रवक्ता आशुतोष प्रधान, केन्द्रीय सदस्यहरू नवराज थापा, सुरज प्रधान, मिलन परियार, निरञ्जन चापागाईं, चन्द्र श्रेष्ठ सम्मिलित टोलीले सभामुख घिमिरेलाई नक्सा हस्तान्तरण गरेको हो । 

प्राचीन राष्ट्र नेपालको सुगौली सन्धि अगाडिको भू-भाग र वर्तमान भू-भागमा रहेका सांस्कृतिक, धार्मिक, पुरातात्त्विक र प्राकृतिक धरोहरहरूलाई समेटेर निर्माण गरिएको मानचित्रमा सगरमाथादेखि बौद्ध स्तूपासम्म, पशुपतिनाथदेखि काँक्रेविहारसम्मका पुरातात्त्विक महत्वका सम्पदा समेटिएका छन् ।

विवेकशील साझा पार्टीले सरकारले निर्वाह गर्नुपर्ने दायित्व स्मरण गराउँदै नेपालको सांस्कृतिक मानचित्र सार्वजनिक गरेर सरोकारवालालाई स्मरण गराउने अभियान चलाइरहेको उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिए । विवेकशील साझा पार्टीले यस अघि उपराष्ट्रपतिलाई मानचित्र हस्तान्तरण गरेको थियो ।   





  • प्रकाशित मिति : साउन २३, २०८० मंगलबार १४:३१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया