logo-img

पहिलो हाफमा मछिन्द्रलाई अग्रता

मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोटको प्लेअफअन्तर्गत भुटानको पारो फुटबल क्लबविरुद्ध अग्रता लिएको छ ।

मछिन्द्रले पहिलो हाफमै तीन गोल गरेको हो । खेलको सुरुवातमै पछि परेको अवस्थाबाट पुनरागमन गर्दै मछिन्द्र पहिलो हाफमा ३–१ ले अघि बढेको हो । मछिन्द्रका लागि आयुष घलान, विमल घर्ती मगर र अ‍ोलावाले आफिजले १–१ गोल गरे । 

एएफसी कप छनोटको प्लेअफ चरणको पहिलो खेलमा मच्छिन्द्रले पारो एफसीको सामना गरिरहेको हो । आजको खेल जित्ने टोलीले १६ अगस्टमा भारतको मोहन बगान सुपर जायन्टसँग दोस्रो चरणको खेल खेल्नेछ ।





  • प्रकाशित मिति : साउन २३, २०८० मंगलबार १८:३९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया