logo-img

सेप्टी हेलमेट र ज्याकेट लगाई निर्माण व्यवसायीले गरे प्रदर्शन [तस्बिरहरू]

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाल निर्माण व्यवसायी महासंघले भुक्तानी, म्याद थप लगायतका नौ बुँदे माग राख्दै विरोध प्रदर्शन गरेको छ । महासंघले बुधबार काठमाडौंमा सेप्टी हेलमेट र ज्याकेट लगाई हातमा कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन् । 

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहका अनुसार आफूहरूले सरकारलाई काम गर्ने कार्य तालिका दिने र सरकारले आफूहरूलाई भुक्तानी गर्ने कार्य तालिका दिनुपर्ने बताए ।
 
उनले भने, ‘सरकारलाई काम गर्ने कार्य तालिका हामी  दिन्छौँ । सरकारले हामीलाई भुक्तानी गर्ने कार्य तालिका दिनुपर्छ । यो विगतको सरकारले गरेको गल्ती हो भनेर सरकार पन्छिरहेको छ । यसको लागि प्रधानमन्त्री र अर्थमन्त्री जिम्मेवार हुनुपर्छ । ’ 

अध्यक्ष सिंहले राज्यले आफ्नो आन्दोलनलाई स्वीकारेर माग सम्बोधन नगरे सम्म आन्दोलन जारी रहने बताए । राज्यले यसको जिम्मेवारी  नलिने हो भने निर्माण व्यवसाय अगाडि बढ्न नसक्ने उनको भनाइ छ । 

 





  • प्रकाशित मिति : साउन २४, २०८० बुधबार १३:५०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया